बाढी प्रभावित परिवारलाई रेडक्रसको सहयोग

बाढी प्रभावित परिवारलाई रेडक्रसको सहयोग

smart

काठमाडौँ । बाढी पहिरोले जनधनको क्षति भइरहेको र काेराेनाले समेत आक्रान्त पारिरहेको अवस्थामा रेडक्रस सञ्जालले देशभरी प्रतिकार्य तीब्र बनाएको छ ।

सिन्धुपाल्चोक, म्याग्दी, गुल्मी, जाजरकोट लगायत १८ वटा पहिरो अति प्रभावित जिल्लाहरुका २ सय २५ परिवारलाई नेपाल रेडक्रसले राहत सामग्रीको पूर्णसेट उपलव्ध गराएको छ । रेडक्रसले तार्पोलिन –१, कम्बल–२, महिलाको सारी– १, सिलाउने कपडा–१४/५ मीटर, भाँडाकुडा सेट–१, बाल्टी–१ र नाइनलको डोरी १० मिटर वितरण गरेको हो ।

रेडक्रसले अहिलेसम्म २५ लाख मूल्य वढीको सामग्री प्रत्यक्ष प्रभावित परिवारलाई उपलव्ध गराइएको छ र ५ हजार परिवारसम्मलाई सहयोग गर्ने योजना रहेको नेपाल रेडक्रस विपद् व्यवस्थापनका निर्देशक मोना अर्यालले बताए ।  बाढी पहिरोले अहिलेसम्म करिब दुईहजार चारसय अठतीस परिवार विस्थापित भएको र ३ हजार ३ सय ५७ परिवारलाई गम्भीर असर परेको रेडक्रसको अनुमान छ ।

त्यस्तै प्रारम्भिक प्रतिवेदन अनुसार चारसय पन्ध्र घर पूर्णक्षतीभएका र पाँचसय पैँसठी घरमा आंशिक क्षति पुगेको रेडक्रसका सञ्चार विभाग निर्देशक दिव्यराज पौडेलले जानकारी दिएका छन । रेडक्रसले बाढी प्रतिकार्यको लागि ३४ वटा टोली देशभरी परिचालन गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार