काठमाडौँको सीतापाइलामा युवतीमाथि एसिड प्रहार

काठमाडौँको सीतापाइलामा युवतीमाथि एसिड प्रहार

काठमाडौं । काठमाडौँमा सीतापाइलामा बिहीबार साँझ एक युवतीमथि एसिड प्रहार भएको छ । ओखलढुंगा घर भई हाल सीतापाइलामा बस्ने भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको प्रहरीले बताएको छ । घरबाट दही किन्न भनेर निस्किएकी उनीमाथि एसिड प्रहार भएको हो ।

कसले एसिड प्रहार गरेको हो भन्नेबारे खुल्न नसकेको महानगरीय प्रहरी बृत्त स्वयम्भुका डीएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए ।  उनको मुखमा एसिड परेको छ भने अहिले कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइहेको डीएसपी भट्टले जानकारी दिए । प्रहरीका अनुसार एसिड प्रहार गर्नेको खोजी भइरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार