रुकुममा पहिराेले ३ वटा घुम्ती पसल बगायो

रुकुममा पहिराेले ३ वटा घुम्ती पसल बगायो

रुकुम पश्चिम । रातभर परेको अविरल वर्षाका कारण आएको पहिरोले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-४ स्यापुर्दह ( नेटाबजार) जाने सडक खण्डमा रहेका घर तथा पसलहरु बगाएको छ । राती करिब २:३० बजे पहिरो जाँदा सामान सहितका तीन वटा घुम्ती पसल बगाएको हो ।

स्थानीय डिल्ली परियार, विवेक शाही र विनोद शाहीको घुम्ती पसल पहिरोले बगाएको स्थानीय शेरविर विकले जानकारी दिएका छन ।  स्थानीय डिल्ली परियार, बृद्धिराम केसी र शेरविर विकको घर पहिरोको उच्च जोखिममा रहेका छन ।

पहिरोले पसल बगाउँदा करिब १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

यस्तै बाँफिकोट गाउँपालिका–९, स्यालाको एक घर गएराति पहिरोले बगाउँदा दुई जनाको मृत्यु भएको हो । स्थानीय जसबीर कामीको घर पहिरोले बगाउँदा उनका छोरा २२ वर्षीय नवीन विक र छिमेकी हस्तबहादुर सुनारका छोरा १६ वर्षीय बलबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार