स्याङ्जामा कोरोना संक्रमित बढेपछि सबै सेवा बन्द

स्याङ्जामा कोरोना संक्रमित बढेपछि सबै सेवा बन्द

काठमाडौँ । कोरोना संक्रमण बढेपछि स्याङ्जामा मंगलबारदेखि १० दिनसम्मका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत एसपी सहित १८ जना प्रहरी कर्मचारीलाई एकैपटक कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले मंगलबार देखि १० दिनसम्म अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको हो ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि अत्यावश्यक सेवा बाहेक आवतजावतमा पूर्णरुपमा बन्देज गरिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ । जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई नै कोरोना पुष्टि भएपछि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्न अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । प्रहरी प्रमुखसहित सुरक्षाकर्मी जिल्लाको धेरै ठाउँमा पुगेको र उनीहरुको सम्पर्कमा धेरै मानिस आएकाले पनि पुतलीबजार धेरै जोखिम देखिएकाले समुदायमा संक्रमण फैलिन अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको उनले बताए ।

घरबाहिर निस्कन आवश्यक परेमा अनिवार्य रुपमा मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनका लागि प्रशासनले आग्रह गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार