बाँकेमा कोरोना संक्रमित बढे

बाँकेमा कोरोना संक्रमित बढे

काठमाडौँ । बिहिबार नेपालगन्ज आन्तरिक राजश्व कार्यालय नेपालगन्जका ११ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको स्वाब परीक्षणमा आन्तरिक राजश्व कार्यालयका ११ जना कर्मचारीमा कोरोना देखिएको हो ।

संक्रमित ११ जनामध्ये ४ जना बाँके, २ जना सुर्खेतका तथा बर्दिया, अर्घखाँची, कञ्चनपुर, सर्लाही र प्यूठानका एक÷एक जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

यस्तै नेपालगन्ज स्थित भेरी अस्पतालमा गरिएको परीक्षणबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १०, १३ र १९ वडामा थप एक–एक जना ब्यक्तिमा कोरोना संक्रमण भेटिएको छ भने वडा नम्बर ११ का १३ जनामा कोरोना संक्रण पुष्टि भएको भेरी अस्पताल नेपालगन्जले जनाएकोछ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार