सेप्टिक ट्यांकीमा खसेर बालिकाको मृत्यु

सेप्टिक ट्यांकीमा खसेर बालिकाको मृत्यु

काठमाडौँ । बारामा शौचालयको सेप्टिक ट्यांकीमा खसेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको महागढीमाई नगरपालिका वडा नं १ बस्ने अनिलकुमार लोहारकी ६ वर्षीया छोरी छाया कुमारी को मृत्यु भएको हो ।

मंगलबार बिहान ९ बजेतिर आफ्नै घरभित्र रहेको शौचालयको सेप्टिक ट्यांकीमा लडेर बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए। मृतक बालिकाको शव कलैया अस्पतालमा पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार