प्रचण्ड निवासका ६ सुरक्षाकर्मीमा कोरोना पुष्टि

प्रचण्ड निवासका ६ सुरक्षाकर्मीमा कोरोना पुष्टि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा ६ जना नेपाल प्रहरीलाई संक्रमण देखिएको हो । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार अध्यक्ष दाहालसहित परिवार र भित्री घेरामा खटिएका सुरक्षाकर्मीको परीक्षण गर्दा भने कोरोना संक्रमण देखिएको छैन ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार