त्रिवेणीको घटना बारे नेविसंघको विरोध

त्रिवेणीको घटना बारे नेविसंघको विरोध

पश्चिमको प्रागनमा १० मिनेट मौन धर्ना दिएर नेपाल विद्यार्थी संघले विरोध जनाएको हो । गत आर्थिक वर्ष  २०७६/०७७ को २४ लाख ९२ हजार ३ सय ७२ रुपैयाँ लेखापाल हेमन्त, उनकी पत्नी बिर्मा र लेखा सहयोगी सुवासले अनधिकृत रूपमा आफ्नै खातामा राखेका थिए ।
गाउँपालिकाको ठुलो रकम आफ्नो श्रीमती र भतिजाको नाममा जम्मा गरेको समाचार बाहिर आएको र रातारात हिसाव मिलान गर्न गाउँपालिकामा बसेको अवस्थामा गाउँपालिकाका लेखापाल सहित ४ जनालाई बिहिबार राती प्रहरीले पक्राउ जनाएको थियो । पक्राउ परेका ४ जनालाई अनुसन्धान नगरी छोडेको भन्दै नेपाल विद्यार्थी संघले विरोध जनाएको ने.वि. संघका निवर्तमान केन्द्रिय सदस्य तारक केसीले जानकारी दिएका छन् । उनले भने, जनताको करबाट उठाएको पैसा मनपरी ढंगले आफ्न्तको खातामा राख्नुले स्थानीय तहको भ्रष्टाचार छताछुल्ल भएको छ ।

यसको सत्यतथ्य छानविन गरी दोषि माथि हदैसम्मको कारवाहीको माग गरेको केसीले बताए ।
त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी उनकी श्रीमती विर्मा र भतिजा सुवासको खातामा जम्मा भएको सरकारी रकम फिर्ता भएको छ । तीन दिनमा ४ पटक गरी गाउँपालिकाको सञ्चित खातामा २४ लाख ९२ हजार ३ सय ७२ रुपैयाँ फिर्ता गरेको जनाएको छ ।

यस विषयमा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले छानविन भईरहेको जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार