बर्दियामा निषेधाज्ञा, बैंकिङ सेवा बन्द

बर्दियामा निषेधाज्ञा, बैंकिङ सेवा बन्द

काठमाडौँ । बर्दियामा आइतबारबाट पाँच दिनसम्मका लागि निषेधाज्ञा गरिएको छ। कोरोनाको समुदायस्तरमै संक्रमण फैलिएपछि जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको हो।

कोरोना संकट व्यवस्थापन समिति बर्दियाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा साउन २२ गते बसेको बैठकले साउन २५ गते आइतबार विहान ६ बजेदेखि साउन २९ गते बिहिबारसम्म ५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको थियो।

समुदायस्तरका केही व्यक्तिमा कोरोना संक्रमण भेटिएको र समुदायस्तरमा थप संक्रमित भेटिनसक्ने खतरा बढेको भन्दै फैलावट रोक्न निषेधाज्ञा जारी गरिएको प्रजिअ अधिकारीले बताए। निषेधाज्ञा अवधीमा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न पनि सर्वसाधारणलाई प्रशासनले आग्रह गरेको छ।

यस्तै निषेधाज्ञा अवधिमा तरकारी तथा फलफूल पसलहरु बिहान ६ बजेदेखि ९ सजेसम्म सञ्चालन गरिने छ भने खाद्यान्न तथा किराना पसलहरु सञ्चालन गर्न पाइने छैन। औषधि पसल, अस्पताल, इमर्जेन्सी, अति आवस्यक स्वास्थ्य र सुरक्षा सेवा भने चौबीसै घण्टा खुल्ला रहने जनाइएको छ। एटिएम बाहेकका सबै बैंकिङ्ग सेवा बन्द निषेधाज्ञाका क्रममा एटिएमबाहेक अन्य सबै सेवा बन्द गरिने भएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार