ट्याक्सी चालकसँग ‘हप्ता’ असुली गर्ने एकजना पक्राउ

ट्याक्सी चालकसँग ‘हप्ता’ असुली गर्ने एकजना पक्राउ

काठमाडौं । ट्याक्सी चालकसँग ‘हप्ता’ असुली गर्न खोजेको अभियोगमा एकजना पक्राउ परेको छन् । पक्राउ पर्नेमा सर्लाही परमानिपुर–९ घर भइ चन्द्रागिरि–३ बस्दै आएका ३८ वर्षीय कमल वाइबा छन् ।

उनलाई महानगरीय प्रहरी प्रभाग, नागढुंगाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार उनले ट्याक्सी चालकहरुले ग्राहकसँग लिने रकम मध्ये केही आफूले पाउने पर्ने बताउँदै असुली गर्न खोजेका थिए ।

वाइबाविरुद्ध मुलुकी अपराध संहितामा भएको व्यवस्था अनुसार कारबाही प्रक्रिया अघि बढाईने प्रहरीले जानकारी दिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार