जनकपुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

जनकपुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौँ । जनकपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पताल कोभिड–१९ अस्पतालको आइसोलेसनमा उपचाररत ६० वर्षीया पुरुषको मृत्यु भएको हो।

जिल्लाकाे विदेह नगरपालिका–८ का मृतक साउन ८ गते देखि आइसोलेसनमा भना भएका थिए । उनलाई लामो समयदेखि अत्याधिक ज्वरो आएको अस्पताल स्रोतले जानकारी दिएको छ । मृतक संक्रमितको शव व्यवस्थापनको तयारी भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईले जानकारी दिएका छन ।

यससँगै धनुषा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । नेपालभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ८० पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार