काठमाडौं उपत्यकामा थप १३४ संक्रमित थपिए

काठमाडौं उपत्यकामा थप १३४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा मंगलबार काठमाडौं उपत्यकामा १३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहुनेहरुमा काठमाडौंमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएका छन्।

आज थपिएकासहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या १३१४ पुगेको छ। काठमाडौंमा १०५८, ललितपुरमा १५९ र भक्तपुरमा ९७ संक्रमित पुष्टि भएका छन्।

पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा नेपालमा थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २३ हजार ९४८ जना पुगेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार