मलेसियामा नेपाली सेक्युरिटी गार्ड कुटपिट गर्ने लाई ४ महिना जेल

मलेसियामा नेपाली सेक्युरिटी गार्ड कुटपिट गर्ने लाई ४ महिना जेल

काठमाडौं । केही दिनअघि मलेसियामा नेपाली सेक्युरिटी गार्डलाई निर्घात कुटपिट गर्ने नेपालीलाई ४ महिना जेल सजाएको फैसला भएको छ। क्वालालम्पुर म्याजिस्ट्रेट अदालतले एउटै राष्ट्रियता भएको सेक्युरिटी गार्डलाई कुटपिट गरेको आरोपमा उनलाई ४ महिना जेल सजाय सुनाएको हो।

केही दिनअघि मलेसियामा एक नेपाली सुरक्षा गार्डलाई निर्मम कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। भिडियोबारे मलेसियास्थित नेपाली दूतावासले सोधखोज गर्दा पीडक र पीडित दुवै नेपाली नै भएको खुलासा भएको थियो। पीडित नवलपरासीका इस्लाम हुसेन हुन भने पीडक कपिलवस्तुका रामगोपाल मुराउ रहेको दूतावासले पुष्टि गरेको हो।

मलेसियाको अध्यागमन कानुनअनुसार दुवै जना अवैधानिक हैसियतमा रहँदै आएको खुलेको छ। भिडियोमा देखिएको घटना ७ जुलाई २०२० बिहान करिब १० बजेतिर क्वालालम्पुरमा रहेको एम-३ मलमा भएको खुलेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार