वीरगञ्जमा ३५ जनामा कोरोना पुष्टि

वीरगञ्जमा ३५ जनामा कोरोना पुष्टि

वीरगञ्ज । वीरगञ्जमा भएको परीक्षणमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालकमा गरिएको पीसीआर परीक्षणमा थप ३५ जनामा संक्रमण पुष्टि भएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । नयाँ संक्रमितमा १० महिला र २५ पुरुष रहेका छन् ।

थप भएका संक्रमित मध्ये पर्साका ३४ जना रहेको छन् । अर्का एकजना बाराका हुन् । पर्साका ३४ मध्ये ३२ जना वीरगञ्ज महानगरका र दुईजना छिपहरमाई गाउँपालिकाका हुन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार