इजरायल र यूएईबीच शान्ति सम्झौता

इजरायल र यूएईबीच शान्ति सम्झौता

इजरायल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच शान्ति सम्झौता भएको छ। उक्त सहमतिको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन्।

एक संयुक्त वक्तव्यमा राष्ट्रपति ट्रम्प, इजराइलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहू र अबुधाबीका क्राउन प्रिंस मोहम्मद अल नाहयानले यो ऐतिहासिक सफलताले मध्य पूर्वमा शान्ति बढ्ने उल्लेख गरेका छन्।

अहिलेसम्म इजरायलको खाडीका अरब देशहरुसँग राजनीतिक सम्बन्ध थिएन। यस्तै इजरायलले वेष्ट बैंकको ठूलो हिस्सा मिलाउने आफ्नो योजना स्थगित गरेको जनाएको छ।

सन् १९४८ मा इजरायल स्वतन्त्र भएपछि यो केवल तेस्रो इजरायल–अरब शान्ति सम्झौता हो । यसअघि पूर्व मिस्रसँग १९७९ मा र जोर्डनसँग १९९४ मा सम्झौता भएको थियो ।

आउँदा दिनहरुमा इजरायल र युएईका प्रतिनिधिहरु वार्तामा बस्नेछन् र लगानी, पर्यटन, सीधा हवाई उडान, सुरक्षा, दूरसञ्चार, प्रविधि, ऊर्जा, स्वास्थ्य, संस्कृति, पर्यावरण र पारस्परिक दूतावासहरु स्थापनाका लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने छन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार