कालिकोटमा पहिरोले घर बगाउँदा ६ जनाको मृत्यु

कालिकोटमा पहिरोले घर बगाउँदा ६ जनाको मृत्यु

काठमाडौँ । वर्षाका कारण कालिकोटमा पहिरोले घर बगाउँदा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु भएको छ । जिल्लाको महावै गाउँपालिका–३ नकुमा पहिरोले घर बगाउँदा ६ जनाको मृत्यु भएको बताएकाे छ ।

स्थानीय रजबहादुर विष्टको घर पुरिँदा उनका छोरा १३ वर्षीय पुष्प विष्ट, ११ वर्षीय प्रविण विष्ट, १८ वर्षीय सविना विष्ट र १५ वर्षीय आशा विष्टको मृत्यु भएको हाे। सोही घरमा सुतिरहेका रजबहादुरका दाइ डिलबहादुरका १९ वर्षीया छोरी शान्ति विष्ट र १० वर्षीया छोरी रेशा विष्टको पनि मृत्यु भएको कर्णाली प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिव खेम सिंहले जानकारी दिए। स्वकीय सचिव सिंहले आफू घटनास्थलमा नै भएको र उद्दारमा लागिरहेको जानकारी दिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार