आजदेखि मध्यपुर थिमि क्षेत्रमा यातायात, व्यवसाय बन्द

आजदेखि मध्यपुर थिमि क्षेत्रमा यातायात, व्यवसाय बन्द

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि भक्क्तपुरकाे मध्यपुर थिमि नगरपालिकामा आजदेखि नगर क्षेत्रभित्रका सम्पूर्ण व्यवसाय बन्द गरिएको छ। अति आवश्यक सामग्रीका पसल खाद्यान्न, पानी,ग्याँस र औषधि पसल० बिहान ११ बजदेखि दिउँसो १ बजेसम्म मात्र खोल्न पाइने नगरपालिकाले जनाएको छ। यो निषेध भदौ ९ सम्म कार्यान्वयन हुने जनाइएको छ।

यस्तै, नगरपालिका क्षेत्रभित्र सार्वजनिक यातायात सञ्चालन गर्न बन्द गरिनेछ। अरनिको लोकमार्गको हनुमन्ते पुलदेखि मनोहरा पुलसम्मको हकमा भने सार्वजनिक यातायात रोक्न, यात्रु चढाउन र ओराल्न नपाइने गरी सार्वजनिक यातायात आवतजावत गर्न दिइने नगरपालिकाले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार