काठमाडौं उपत्यकामा १७२ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा १७२ जनामा कोरोना संक्रमण

आइतबार काठमाडौं उपत्यकामा १ सय ७२ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा उपत्यकामा १ सय ७२ जनामा कोरोना पुष्टि भएको जनाए। संक्रमित हुनेहरुमा काठमाडौंमा १२६ , ललितपुरमा ३८ र भक्तपुरमा ८ जना रहेका छन ।

हिजो मात्रै काठमाडौं उपत्यकामा ९८ जनामा कोरोना पुष्टि भएको थियो। यस्तै पछिल्लो २४ घन्टामा देशभरि ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार