गोली हानेर रौतहटमा पुजारीको हत्या

गोली हानेर रौतहटमा पुजारीको हत्या

काठमाडौँ । रौतहटमा गए राती एक पुजारीको हत्या भएको छ । जिल्लाकाे माधवनारायण-२ खेसरहियामा गोली हानेर हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले जानकारी दिएका छन ।

बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हानेका थिए । बायाँ कन्चटमा गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको एसपी खड्काले जानकारी दिए ।

गोली हान्ने व्यक्ति फरार छन् । उक्त घटनाको अनुसन्धान गर्न एसपी रविराज खड्का सहितको टोली खटिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार