कर्णालीमा कर्मचारी र सुरक्षाकर्मीसहित ३३ जनामा कोरोना संक्रमण

कर्णालीमा कर्मचारी र सुरक्षाकर्मीसहित ३३ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणबाट बिहीबार कर्मचारी, सुरक्षाकर्मी र कामदारसहित थप ३३ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये ७ जना सरकारी भवन निर्माणमा संलग्न कर्मचारी, तीनजना सुरक्षाकर्मी, एकजना बित्तीय संस्थाका कर्मचारी, एकजना निजी संस्थाका कम्प्युटर अपरेटरसहित वीरेन्द्रनगरका मात्रै १४ जना रहेको जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतनिधि वाग्लेले जानकारी दिए ।

बिहीबार थपिएका संक्रमितमध्ये दैलेखका १८, बाँके र पर्साका तीन तीनजना, बाराका दुईजना, सुर्खेत, कालीकोट, जाजरकोट, रुकुम पश्चिम, अछाम, मोहतरी र काठमाण्डौंका एक एकजना रहेको छन ।
यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २१६३ पुगेको छ । यस्तै, कर्णालीमा बिहीबार थप १३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससंँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १९४५ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार