भोलिदेखि पाल्पामा एक हप्ता निषेधाज्ञा

भोलिदेखि पाल्पामा एक हप्ता निषेधाज्ञा

काठमाडौँ । पाल्पामा शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालय पाल्पाले जिल्लाभर लागू हुनेगरी भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गरिएको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेद्वारा जारी सूचनामा कोभिड नियन्त्रणको कामलाई प्रभावकारी बनाउन निषेधाज्ञाको निर्णय गरिएको उल्लेख छ। सो अवधिमा सार्वजनिक तथा अत्यावश्यक बाहेकका निजी यातायात सञ्चालन गर्न पाइने छैन। साथै बैंक तथा वित्तीय संस्था नखुल्ने प्रशासनले जनाएको छ।

होटल, रेष्टुरेन्ट, कपडा पसल, शैलुन, जिमखाना, सुनचाँदी, फुटपाथ पसल, उद्योग कलकारखाना पनि चलाउन पाइने छैन। पाल्पामा ५६४ जनामा कोरोना संक्रमण देखिएकोमा ५ सय ६० निको भइसकेका छन् भने एकको मृत्यु भएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार