गाई काटेको अभियोगमा ४ जना पक्राउ

गाई काटेको अभियोगमा ४ जना पक्राउ

काठमाडौँ । जिल्ला प्रहरीले नुवाकोटले गौहत्याको अभियोगमा गाउँपालिका–५ बाट चार जनालाई बिहीबार राति पक्राउ गरेको छ । काभ्रेस्थित सिरानटोल निवासी सन्तबहादुर तामाङको गोठको गाई लगेर काटेको अभियोगमा चन्द्रबहादुर तामाङ, सुदीप तामाङ, जय तामाङ र दले तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिए ।

उनका अनुसार गौहत्या गरेर मासु भाग लगाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । घटनामा संलग्न अन्यको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार