काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा

काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा

काठमाडौँ । काठमाडौँ उपत्यकामा अब थप एक हप्ता निषेधाज्ञा जारी रहने भएको छ। उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

भदौ १७ सम्म अत्यावश्यक बाहेकका सबै सेवा तथा व्यवसाय बन्द हुने छन्। कोरोना संक्रमणको फेलावट रोक्न निषेधाज्ञा थप्ने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।

मंगलबार तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसहित स्थानीय तह, उद्योग वाणिज्य, स्वास्थ्यकर्मीलगायतको सर्वपक्षीय बैठक बसेको थियो। उक्त बैठकमा निषेधाज्ञालाई बढाउँदै जानुपर्ने राय सुझाव पेश भएको थियो। ‘सबै पक्षबाट निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने राय आएपछि हामीले समय थप्यौं,’ दाहालले भने।

निषेधाज्ञामा पहिलेको जस्तै अत्यावश्यक सेवा खाद्यान्न, तरकारी, दुग्धजन्य चिजहरूलाई सहज गरिने छ। खाद्यान्न, तरकारी, दुग्धजन्य पसलहरू सवा ९ बजेसम्म खुल्नेछन्। सरकारी गाडी, एम्बुलेन्स, कार्डबाहक सवारीसाधनहरूलाई रोकिने छैन। काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेपछि प्रशासनले भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार