विपी प्रतिष्ठान धरानमा उपचाररत दुई कोरोना संक्रमित मृत्यु

विपी प्रतिष्ठान धरानमा उपचाररत दुई कोरोना संक्रमित मृत्यु

काठमाडौँ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना सक्रमितकाे मृत्यु भएको छ। झापाको दम-३ निवासी ८३ वर्षीय वृद्ध र मोरङको बेलबारी-५ निवासी ५६ वर्षीय महिलको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटले जानकारी दिए।

झापाका वृद्धको शुक्रबार बिहान सवा चार बजे र मोरङकी महिलाको बिहान सवा तीन बजे मृत्यु भएको हो। झापाका वृद्धलाई भने विर्तामोडस्थित बिएनसी अस्पतालबाट रिफर गरिएको थियो। उनी मृगौला पीडित समेत रहेकाले डायलासिस गराउँदै आएका थिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार