काठमाडौं उपत्यकामा थप १८६ जनालाई कोरोना संक्रमण

काठमाडौं उपत्यकामा थप १८६ जनालाई कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १८६ जना कोरोना संक्रिमत थपिएका छन्। संक्रमितहरू काठमाडौंका १ सय ५५ जना, ललितपुरका १९  जना र भक्तपुरका १२  जना छन्। उनीहरूको काठमाडौंस्थित विभिन्न प्रयोगशालामा परीक्षण गरिएको हो।

योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ९ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन्।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार