सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढ्यो

काठमाडौं । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ तोकिएको छ। आइतबारको तुलनामा सुन प्रतितोला ३ सय रुपैयाँले बढेको हो। आइतबार सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले बढेको छ। आइतबार प्रतितोला १३ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी सोमबारका लागि १३ सय ६५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार