चन्दा असुलेको आरोपमा दुईजना युवा पक्राउ

चन्दा असुलेको आरोपमा दुईजना युवा पक्राउ

सल्यान । प्रहरीले सल्यानमा चन्दा असुली गरेको आरोपमा दुईजना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा शारदा नगरपालिका १४, मालनेटाका २२ वर्षीय प्रकाश गिरी र बागचौर नगरपालिका ३ सोतागारका एक १७ वर्षीय किशोर छन् ।

बागचौर नगरपालिका-३ बाट चन्दाबाट संकलित नगद १५ हजार रुपैयाँ र रा ४ प ६९३८ नम्बरको मोटरसाइकलसहित उनीहरु पक्राउ परेका हुन् । कुमाख गाउँपालिका ६, मौलाहालेस्थित त्रिरत्‍न मेडिकलमा चन्दा असुली गरिरहेको भन्‍ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार