चितवन मेडिकल कलेजमा उपचाररत् कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत् कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौँ । चितवन मेडिकल कलेजमा भेन्टिलेटरमा उपचाररत् मकवानपुरका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरुषको मंगलबार विहान २:५२ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए।

निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि ती पुरुषलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको डाक्टर लम्सालले जानकारी दिएका छन । उपचारका लागि भदौ १४ गते चितवन मेडिकल कलेज ल्याइएका उनमा सोमबारमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो।

योसँगै चितवनमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार