चम्ल्याहा बच्चा जन्माएकी महिलाको ज्यान गयो

चम्ल्याहा बच्चा जन्माएकी महिलाको ज्यान गयो

काठमाडौँ । एकैपटक चम्ल्याहा बच्चा जन्माएकी धनुषाकी एक महिलाको मृत्यु भएको छ। मंगलबार साँझ चार बच्चालाई जन्म दिएकी धनुषाको विदेह नगरपालिका-७ जोगियाराकी २२ वर्षीया अरमाना खातुन बुधबार मृत्यु भएको हो ।

प्रसूति व्यथा लागेपछि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी अरमानालाई स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टर सोनिया सिंहले शल्यक्रियामार्फत् बच्चाहरू निकालेकी हुन्। चम्ल्याहा बच्चाको जन्म दिएकी अरमानाको अवस्था गम्भीर भएपछि डाक्टरको प्रत्यक्ष निगरानीमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

उपचारका क्रममा मुटुमा पनि समस्या देखिएपछि बुधबार दिउँसो उनको अस्पतालका सञ्चालक डाक्टर एसके सिंहले जानकारी दिए। अरमानाले शल्यक्रियामार्फत् मंगलबार राति तीन छोरी र एक छोरालाई जन्म दिएकी थिइन्।

चार जना शिशुहरूमध्ये छोराको तौल डेढ किलो र छोरीहरूको तौल सवा एक किलो रहेको अस्पतालले जनाएको छ। तीन बच्चाको स्वास्थ्य अवस्था सामान्य रहे पनि एक जनाको अवस्था भने अस्थिर देखिएको डाक्टर सिंहले बताए। सबै बच्चालाई अहिले एनआइसियुमा राखिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार