कर्णाली प्रदेशका कानुनमन्त्रीका दुई सुरक्षा गार्डलाई कोरोना पुष्टि, मन्त्री होम आइसोलेसनमा

कर्णाली प्रदेशका कानुनमन्त्रीका दुई सुरक्षा गार्डलाई कोरोना पुष्टि, मन्त्री होम आइसोलेसनमा

काठमाडौँ । कर्णाली प्रदेशकाे आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीका सुरक्षा गार्डसहित मन्त्रालयका पाँचजनामा कोरोना पुष्टि भएको छ । मन्त्री भण्डारीको सुरक्षामा खटिएका दुईजना सुरक्षाकर्मीसहित पाँच जनामा संक्रमण देखिएकाे ।

कर्मचारी र सुरक्षाकर्मीमा संक्रमण पृष्टि भएपछि मन्त्रालयले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ भने मन्त्री भण्डारीसहित अन्य कर्मचारी होम आइसोलेसनमा बसेका छन् ।

प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा मन्त्रालयका पाँचजनामा संक्रमण देखिएको मन्त्रालयका सूचना अधिकारी कृष्ण रोकायले जानकारी दिए ।

रोकायका अनुसार दुईजना मन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मी, एकजना सवारी चालक, एकजना मन्त्रालयको गेटमा कार्यरत सुरक्षाकर्मी र एकजना कार्यालय सहयोगी रहेका छन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार