प्लाज्मा थेरापीबाट उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

प्लाज्मा थेरापीबाट उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

फाइल फोटो

काठमाडौँ। चितवनमा प्लाज्मा थेरापी बाट उपचाररत एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचारत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ कि ५२ बर्षीया महिलाको मृत्यु भएको हो ।

निमोनिया भएपछि भदौ १० गते अस्पताल भर्ना भएकी उनमा ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।अस्पतालको आईसीयूमा उपचारको क्रममा उनको शुक्रबार दिउँसो मृत्यु भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिए ।

यस्तै मृतक महिलाको अवस्था गम्भीर भएपछि बिहीबार राति डा.शितल अधिकारी र डा.दयाराम लम्सालको टिमले प्लाज्मा थेरापी बिधिबाट उपचार सुरु गरेको थियो । चितवनमा कोरोनाबाट हालसम्म २१ जनाको मृत्युु भइसकेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार