रथयात्रा झडपमा समातिएका सातजना छुटे

रथयात्रा झडपमा समातिएका सातजना छुटे

फाइल फोटो

काठमाडौँ । गत बिहीबार ललितपुरको पुलचोकमा रातो मच्छिन्द्रनाथ रथयात्रा विवादमा समातिएका सात जना सोमबर छुटेका छन । महानगरीय प्रहरी परिसर ललितपुरबाट यस अघि तीन जना आइतबार रिहा भएका थिए ।

भदौ १८ गते रातो मच्छिन्द्रनाथको रथयात्रा झडपमा स्थानीयवासी र प्रहरीबीचको विवादमा पक्राउ परेका २० मध्ये ती आज रिहा भएको परिसर ललितपुरका प्रवक्ता सन्तोष तामाङले बताए ।

उनले भने, “हामीले रथयात्रामा झडप गर्ने सहभागीमध्येका कूल २० जनालाई समातेका थियौँ । तिनमध्ये १७ जनालाई मुद्दा चलाइएको छ । ती १७ मध्ये आज छाडिएका छ जनामा कोरोना पोजेटिभ र एकमा मानसिक समस्या देखिएकाले आज उपचारको प्राथमिकतामा राखेर हाजिरजमानीमा छाडेका हौँ ।” यसमा बाँकी अन्य १० भने हिरासतमै रहेको जनाइएको छ ।
रथयात्रामा पक्राउ परेका सबैलाई छाड्न अपिल गर्दै सोमबार स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय ललितपुर घेराउसमेत गरेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार