कर्णाली प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण

कर्णाली प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण

काठमाडौँ । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्णाली  प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा मंगलबार १७ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितहुनेहरुमा सुर्खेतका ११ जना, दैलेख र बर्दियाका दुई दुईजना, कालीकोट र बाँकेका एकरएक जनामा रहेका छन् । सुर्खेतका ११ संक्रमितमध्ये वीरेन्द्रनगर नगरपालिका वडा नं। ३, ८, ९ र १२ का एक महिलासहति पाँचजना पुरुष रहेका छन् ।

भेरीगंगा नगरपालिका-६ र १२ का एक महिलासहित तीनजना पुरुष रहेका छन । त्यस्तै चौकुने गाउँपालिका ४ का एकजना पुरुष रहेका छन् । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २६९१ पुगेको छ ।

यस्तै मंगलबार थप २३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसंँगै कर्णाली प्रदेशमा डिस्चार्ज हुनेको संख्या २३४० पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार