काठमाडौंका मेयर शाक्य कोरोना संक्रमणमुक्त

काठमाडौंका मेयर शाक्य कोरोना संक्रमणमुक्त

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि सोल्टी होटलस्थित आइसोलेसनमा बसेका मेयर शाक्य आइतबार अपरान्ह भोटेबहालस्थित निजी निवासमा फर्किएका हुन् ।

मेयर शाक्य श्रीमतीसँगै आइतबार घर फर्किएका थिए । भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमै बसेको बताएका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार