गुल्मीमा जारी गरिएको निषेधाज्ञा हट्यो

गुल्मीमा जारी गरिएको निषेधाज्ञा हट्यो

गुल्मी । गुल्मीमा भदौ १९ गतेदेखि जारी गरिएको निषेधाज्ञा हटाइएको छ । कोरोनाको जोखिम बढेसँगै जिल्ला संकट व्यवस्थापन केन्द्र गुल्मीले भदौ ३१ गतेसम्मका लागि निषेधाज्ञा लगाएको थियो ।

बुधबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र गुल्मीले अर्को सूचना जारी नहुन्जेल जिल्लामा जारी गरिएको निषेधाज्ञालाई हटाउने निर्णय गरेको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । कोरोनाको जोखिम कायमै रहेकोले भदौ १९ कै निर्णय अनुसार समय तालिका बनाएर व्यापार व्यवसाय सञ्चालन गर्न दिइने निर्णय भएको छ । निषेधाज्ञा हटाइए पनि दूग्ध व्यवसाय बिहान ९-११ बजेसम्म, साँझ ४-६ बजेसम्म सञ्चालन गर्न दिइने निर्णय भएकोे छ ।

यस्तै अस्पताल, औषधि पसल र पेट्रोलपम्प लगायत अति आवश्यकीय सेवाहरु भने २४ सै घण्टा सञ्चालनमा रहने छन् । तरकारी र फलफूल पसलहरु बिहान ७-९ बजेसम्म र साँझ ४-६ बजेसम्म खुल्ला गर्न पाउनेछन् । अन्य पसल, उद्योग व्यववसाहरु बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्ला रहने व्यवस्था मिलाइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार