कर्णालीका ४ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य

कर्णालीका ४ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य

काठमाडौँ । कर्णाली प्रदेशका चार जिल्लामा कोरोना संक्रमितको संख्या शुन्य रहेको छ । बिहिबार सम्म प्रदेशका कालीकोट, हुम्ला, मुगु र डोल्पामा कोरोनाका संक्रिय संक्रमितको संख्या शून्य भएको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका अनुसार कालीकोटमा ११६ जना, हुम्लामा ९ जना, डोल्पा ५ जना र मुगुमा १३ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु सबै निको भएर घर गइसकेका छन् । महाशाखा वरिष्ठ जनस्वास्थ्य प्रशासक बृषबहादुर शाहीका अनुसार हाल कर्णालीका ६ जिल्लामा मात्र कोरोना संक्रमित रहेका छन् ।

जसअन्तरगत सुर्खेतमा १८२ जना, दैलेखमा १८ जना, सल्यानमा ३९ जना, जाजरकोटमा ४ जना, रुकुम पश्चिममा ९ जना र जुम्लामा ६ जनासहित प्रदेशका विभिन्न आसोलेसनमा २६२ जना संक्रमित आइसोलेसनमा छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार