भारतका केन्द्रीय मन्त्री हरसिमरतले दिइन् राजीनामा

भारतका केन्द्रीय मन्त्री हरसिमरतले दिइन् राजीनामा

काठमाडौ  । बिहीबार भारत सरकारले कृषि सम्बन्धित अध्यादेश ल्याएपछि केन्द्रीय मन्त्री एवं शिरोमणि अकाली दलकी सांसद समेत रहेकी हरसिमरत कौर बादलले मोदी सरकारको क्याबिनेटबाट राजीनामा दिएकी छिन्।

बीजेपीकी सहयोगी समेत रहेकी शिरोमणि अकालीले दल अध्यादेश ल्याएको भन्दै राजनीनामा दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। योसँगै मोदी क्याबिनेटमा झट्का लागेको छ।

बिहीबार जब लोकसभामा बिल पेश गरियो शिरोमणि दलका सांसद सुखबीर सिंह बादले सदनमै विरोध जनाए। उनले मोदी सरकारलाइ चुनौती दिँदै भने, ‘हरसिमरत कौर बादलल मन्त्रीपदबाट राजीनामा दिनुहुनेछ।’ तर शिरोमणि अकाली दलले भने मोदी सरकारको समर्थन भने जारी नै राख्नेछ।

हरसिमरत कौर बादल केन्द्रीय खाद्य एवं प्रसंस्करण उद्योग मन्त्री थिइन्। राजीनामा पेश गर्दै हरसिमरतले भनेकी छिन्, ‘मैले किसान विरोधी अध्यादेश तथा कानुनको विरोधमा म केन्द्रीय मन्त्रीमण्डलबाट राजनीनामा दिएकी हुँ।’ उनले किसानको साथ बस्नु छोरी र बहिनीको रूपमा गर्व हुनु बताएकी छिन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार