चितवनमा कोरोना संक्रमित एक युवकको मृत्यु

चितवनमा कोरोना संक्रमित एक युवकको मृत्यु

काठमाडौँ । चितवन मेडिकल कलेजमा कोरोना संक्रमित एक जना युवकको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर ११ निवासी ३१ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

२६ गते कोरोना पुष्टि भएका उनको गएराति १२ बजेर १८ मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर ती युवकको उपचार भइरहेको थियो । चितवनमा कोरोना संक्रमित ३० जनाको मृत्यु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार