शुक्रबार एकैदिन थपिए २०२० कोरोना संक्रमित, ७ जनाको मृत्यु

शुक्रबार एकैदिन थपिए २०२० कोरोना संक्रमित, ७ जनाको मृत्यु

काठमाडौँ । शुक्रबार देशभर अहिलेसम्मकै बढी कोरोना संक्रमित भेटिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २० संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८७१ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४३ हजार ८२० पुगेको छ। हाल देशभर १७ हजार ३८३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ जनाको पिसिआर परीक्षण भएको हाे । हालसम्म ८ लाख ९४ हजार जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा ७ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार