हिरासतबाटै चोरी कसुरका चार आशंकित फरार

हिरासतबाटै चोरी कसुरका चार आशंकित फरार

प्रतिकात्मक तस्वीर ।

काठमाडौं । चोरीमा संलग्न भएको आशंकामा सोधपुछका लागि ल्याइएका चार जना व्यक्ति हिरासतबाटै फरार भएका छन् । महानगरीय प्रहरी वृत्त, कालिमाटीबाट चार जना आशंकित व्यक्ति गएराति फरार भएका हुन् ।

काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार ड्यूटी अफिसर सुतेको बेला हत्कडीसहित अनिल जैसवाल, सुजित गुप्ता, अंशु जैसवाल र रविन्द्र अग्रवाल भागेको पाइएको छ । फरार चारै जनाको खोजी भइरहेको राठौरले बताए । प्रहरीले उनीहरुले लगाएको एउटा हत्कडी भने बरामद गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार