शनिबार कुन ठाउँमा कति भेटिए कोरोना संक्रमित ?

शनिबार कुन ठाउँमा कति भेटिए कोरोना संक्रमित ?

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार २ सय ४ जनामा कोरोना संक्रमण भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७ सय ९७ जना पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रदेश १ को ओखलढुंगामा ३, खोटाङमा १, झापामा ६, मोरङमा ३३ र सुनसरीमा २३ जनामा कोरोना भेटिएकाे छ ।

प्रदेश २ को धुनषामा २, पर्सामा ६, बारामा १ सय ११, महोत्तरीमा १, रौतहटमा २, सप्तरीमा १९, सर्लाहीमा १५ र सिरहामा ८ जनामा कोरोना पाइएको छ।

यस्तै बागमती प्रदेशको काठमाडौंमा मात्र ५ सय ७० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १४, चितवनमा ७, दोलखामा ५, धादिङमा १३, नुवाकोटमा ४, भक्तपुरमा ३, मकवानपुरमा १८, रामेछापमा ९, ललितपुरमा ५८, सिन्धुपाल्चोकमा ४ र सिन्धुलीमा ७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १३, गोरखामा ४, तनहुँमा ५, नवलपरासी पूर्वमा ४५, पर्वतमा २, लमजुङमा ५ र स्याङजामा ३ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश ५ को अर्घाखाँचीमा ३, कपिलवस्तुमा ३, दाङमा २८, नलवपरासीमा १, पाल्पामा २, प्युठानमा १, बर्दियामा २०, बाँकेमा २० र रुपन्देहीमा १ जनामा कोरोना पाइएको छ।

कर्णाली प्रदेशको दैलेखमा २ र सुर्खेतमा ३, सुदूरपश्चिमको कञ्चनपुरमा २, कैलालीमा ८, डडेल्धुरामा ३, दार्चुलामा २१ र बैतडीमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार