एनआइसीका अध्यक्ष अग्रवाललाई ‘प्रबल जनसेवाश्री चतुर्थ’ पदक

एनआइसीका अध्यक्ष अग्रवाललाई ‘प्रबल जनसेवाश्री चतुर्थ’ पदक

काठमाडौं । पाँच दशकदेखि उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा काम गर्दै आएका एनआइसी एसिया बैंक संचालक समितिका अध्यक्ष तुलसीराम अग्रवाललाई प्रबल जनसेवाश्री चतुर्थ पदकबाट सम्मानित गरिने भएको छ।

संविधान दिवसको अवसरमा सरकारले अध्यक्ष अग्रवाललाई सो पदक प्रदान गर्ने घोषणा गरेको हो। विशाल ग्रुपका उपाध्यक्षसमेत रहेका अग्रवाललाई सो पदक आगामी वर्षको गणतन्त्र दिवसका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्नेछिन्। यस्तै बैंकले अध्यक्ष अग्रवाललाई पदक प्रदान गरिएकोमा नेपाल सरकारप्रति  कृतज्ञता ज्ञापनसमेत गरेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार