दाङ देउखुरी सर्पदंश उपचार केन्द्र उद्घाटन

दाङ देउखुरी सर्पदंश उपचार केन्द्र उद्घाटन

काठमाडौँ । दाङमा पहिलो पटक सर्पदंश उपचार केन्द्र उद्घाटन गरिएको छ । आईतबार प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले एक कार्यक्रमका बिच उदघाटन गरेका छन । गढवा गाउँपालिकाको आर्थिक सहयोग र रिपुमर्दन गण घोराही दाङको प्राविधिक सहयोगमा जिल्लामा पहिलोपटक सुविधायुक्त सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याएको हो ।

गढवा गाउँपालिकाको करिक एक करोड लगानी र विभिन्न सरोकारवाला निकाय, स्थानीयबासीको श्रमदानबाट सर्पदंश उपचार केन्द्र निर्माण सम्पन्न गरिएको हो । विषालु सर्पका कारण बर्सेनि उपचार नपाई ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएपछि गाउँपालिकाले सर्पदंश उपचार केन्द्र स्थापना गरेको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताएका छन ।  उनका अनुसार उपचारको लागि चाहिने सबै स्वास्थ्य सामाग्री र दुई सय भाईल ‘एन्टी स्नेक भेनम’ औषधी पनि ल्याइएको छ ।

उक्त क्षेत्रमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि गढवा, राजपुर, राप्ती, लमहीलगायत आसपासका क्षेत्रका स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ मिल्ने विश्वास गरिएकाे छ । यसका साथै प्युठान, कपिलवस्तु, अर्घाखाँची, रोल्पा, सल्यानलगायत छिमेकी मुलुक भारतका नागरिकले पनि उपचार सेवा पाउनेछन् ।

दाङ जिल्लामा आर्थिक वर्ष २०७६/०७७ मा मात्रै १५ जनाको सर्पको टोकाईबाट ज्यान गएको छ । यस अघि जिल्लामा सर्पदंश उपचार केन्द्र नहुँदा बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यताले समयमै उपचार नपाउँदा धेरैको अकाल ज्यान जाने गरेको थियो । गढवा गाउँपालिका वडा नं. ६

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार