बाँकेमा कोरोना संक्रमित कैदीको मृत्यु

बाँकेमा कोरोना संक्रमित कैदीको मृत्यु

काठमाडौा । बाँकेमा कोरोना संक्रमित कैदीको मृत्यु भएको छ। कर्तव्य ज्यान मुद्दामा नेपालगञ्ज कारागारमा सजाय काटिरहेका सुर्खेत, गुर्भाकोट नगरपालिका- ४ सहारेका ५८ वर्षीय कैदीको सोमबार बिहान ६:२५ बजे मृत्यु भएको हो।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, उनी दमको बिरामी रहेकाले श्वासप्रश्वासमा जटिल समस्या थियो। उनलाई उपचार गर्नकै लागि सुर्खेत कारागारबाट नेपालगञ्ज सारिएको थियो । स्वास्थ्य समस्याकै बीच भदौ २१ गते बिहान दश बजे स्वाव लिइएको थियो ।

त्यही दिन राती दश बजे कोरोना पोजिटिभ थाहा भएको थियो । भदौ २२ गतेदेखि भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार