म्यानचेस्टर युनाइटेड लिग कपको चौथो चरणमा प्रवेश

म्यानचेस्टर युनाइटेड लिग कपको चौथो चरणमा प्रवेश

म्यानचेस्टर युनाइटेड लिग कप फुटबल (इएफएल कप) अर्थात काराबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ ।  तेस्रो चरण अन्तर्गत मंगलबार राति भएको खेलमा लुटन टाउनलाई ३–० ले पराजित गरेर म्यानचेस्टर युनाइटेडले चौथो चरणमा स्थान पक्का गरेको हो ।

युनाइटेडको जितमा ख्वान माटाले पेनाल्टी माफैत ४४ औँ मिनेटमा गोल गरी सुरुवाति अग्रता दिलाए। ८८ औँ मिनेटमा मार्कश रासफोर्ड तथा इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा म्यासन ग्रीनवूडले गोल गरेर ३–० को जित दिलाएका हुन् ।

ग्रीनवूडले रासफोर्डको गोलका लागि सहयोग गरेका हुन् भने उनको गोलका लागि ब्रुनो फेर्नान्डेसले सहयोग गरे । यो खेलमा गोलरक्षकका रुपमा डिन हेन्डर्सनले म्यानचेस्टर युनाइटेडबाट डेब्यु गरेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार