राजनीतिज्ञ एवंम साहित्यकार आचार्यको निधन

राजनीतिज्ञ एवंम साहित्यकार आचार्यको निधन

काठमाडौं । धनकुटामा जन्मिए राजनीतिज्ञ, साहित्यकार तथा तत्कालीन राजपरिषद स्थायी समिति सदस्य यज्ञप्रसाद आचार्यको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा मंगलबार अपरान्ह ५ः४५ बजे निधन भएको उनको छोरा सुरेशप्रसाद आचार्यले जानकारी दिए ।

मुटु र मिर्गौला सम्बन्धी समस्याबाट पीडित आचार्यको काठमाडौंको नर्भिक अस्पतालको सघन कक्षमा उपचार भइरहेको थियो । केही दिन अगाडि मात्र नर्भिक अस्पतालमा पेसमेकर राखिएको थियो । मंगलबार अचानक हृदयाघात भएपछि चिकित्सकहरुले उहाँको उपचार अब सम्भव नभएको घोषणा गरेका थिए ।

तत्कालीन राजा वीरेन्द्रको शासनकालमा गाउँ फर्क राष्ट्रिय अभियान, नेपाल युवक संगठनका केन्द्रीय सभापति र राजपरिषद स्थायी समितिका सदस्य समेत रहेका आचार्यले कम्युनिष्ट पार्टीको सदस्यताबाट राजनीति सुरु गरेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार