कोरोना संक्रमित मेयर काठमाडौं रिफर

कोरोना संक्रमित मेयर काठमाडौं रिफर

काठमाडौा । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख शैलेशकुमार साहलाई कोरोना संक्रमणका कारण स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।

मंगलबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा भएको कोरोना परीक्षणको नतिजा पोजेटिभ आएपछि उनलाई जनकपुरधामस्थित कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

तर मेयर साहमा श्वासप्रश्वासको समस्या बढ्दै गएपछि काठमाडौं रिफर गरिएको कोभिड अस्पतालका फोकल पर्सन डा। रामदेव चौधरीलले जानकारी दिए। उनका अनुसार नगर प्रमुख साहमा निमोनियाको समस्या समेत देखिएको छ।

कोभिड अस्पतालमा भेन्टिलेटरको अभाव रहेकोले काठमाडौंस्थित हेम्स अस्पताल रिफर गरिएको डा.चौधरीले बताए। नगर प्रमुख साहसँगै उनको चालकमा समेत कोरोना संक्रमणको पुष्टि भएको बताइएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार