डडेलधुरामा एक जना कोरोना संक्रमितको मुत्यु

डडेलधुरामा एक जना कोरोना संक्रमितको मुत्यु

काठमाडौँ । डडेलधुरा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गएराति डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । डडेल्धुरामा कोरोना संक्रमणबाट यो पहिलो मृत्यु हो ।

केही दिनअघि भारतबाट आएका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो । नवदुर्गा गाउँपालिकाको एम्बुलेन्समार्फत डडेल्धुरा अस्पताल पुर्याएका पुरुषलाई भारतमै कोरोना पुष्टि भएको र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको अस्पतालका कोभिड १९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए ।

बिरामीलाई अस्पताल ल्याएर उपचार गर्ने क्रममा श्वास प्रश्वासको गति बन्द भइसकेको र स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट जगदीश बिष्टले जानकारी दिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार