विराटनगर जुट मिल्सको पर्खाल भत्कीयो, एकजनाको मृत्यु

विराटनगर जुट मिल्सको पर्खाल भत्कीयो, एकजनाको मृत्यु

काठमाडौँ । जीर्ण अवस्थामा रहेको विराटनगर जुट मिल्सको पर्खाल भत्किँदा विराटनगरमा एकजनाको मृत्यु भएको छ । बिहीबार बिहान भत्किँदा विराटनगर महानगरपालिका १५ की ५५ वर्षीय सम समेरुन निसाको मृत्यु भएको हो ।

निरन्तरको वर्षासँगै जुट मिल्सको हड्ताली हाटभित्र रहेको मजदुर लाइन क्वाटरको उत्तरतर्फको पर्खाल भत्किएको थियो । पर्खाल नजिकै कल छ । पर्खालले कलमा पानी लिन पुगेकी निसालाई किचेको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार वर्षौं पुरानो पर्खाल वर्षाका कारण भत्किएको हो । घर नजिकैको भवन छेउमा रहेको कलमा पानी लिन गएकी महिलालाई खुट्टा धुँदै गरेको अवस्थामा इँटाको गाह्रो लगाएर बनाइएको पर्खाल लडेर किचेको डीएसपी राईले बताए ।

बिहान १० बजे घटनामा परेर महिला गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा दिउँसो १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार