धरानमा उपचारकाे क्रममा थप दुई जना कोरोना संक्रमितको मृत्यु

धरानमा उपचारकाे क्रममा थप दुई जना कोरोना संक्रमितको मृत्यु

फाइल फोटो

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डाक्टर दिनेश सापकोटका अनुसार सप्तरीको बिहिबार राति राजविराज-३ का ७० वर्षीय पुरुष र मोरङको कानेपोखरी-१ का ५५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

भदौ २८ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका ७० वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार राति ११ बजे मृत्यु भएको डा. सापकोटाले बताए । निमोनियाका साथै ज्वरो आउने, खोकी लाग्ने र श्वासप्रश्वासमा पनि समस्या देखिएपछि उनलाइ राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालले धरान रेफर गरेको थियो । गजेन्द्र नारायण सिंह अस्पतालमा गरिएको पीसीआर परीक्षणमा भदौ २५ गते उनमा संक्रमण पुष्टि भएको थियो ।

यस्तै मोरङको कानेपोखरी-१ का ५५ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार राति ८:३० बजे उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य प्रतिष्ठानले जनाएको छ । असोज ५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानकै आईसीयू कक्षमा भर्ना भएका उनको आन्द्रामा क्यान्सर भएपछि अपरेशन गरिएको थियो । अपरेशन पश्चात उपचारकै क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको र असोज ८ गते स्वास्थ्य प्रतिष्ठानको कोभिड अस्पतालमा उनलाई स्थानन्तरण गरिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार